साढे आठ लाख घुससहित मालपोतका पाँच कर्मचारी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साढे आठ लाख घुससहित मालपोतका पाँच कर्मचारी पक्राउ


२ असार २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे आठ लाख रुपैयाँ घुससहित पाँच जना कर्मचारी पक्राउ गरेको छ । आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मङ्गलवार साँझ पक्राउ गरेको हो ।

सरकारी कार्यालय खुलेको दोस्रो दिन नै डिल्लीबजार मालपोत कार्यालयका ती कर्मचारी पक्राउ परेका हुन् ।

जग्गाको कित्ताकाटका लागि उनीहरूले सो रकम लिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस