५ जना कार्यकारी निर्देशकको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ जना कार्यकारी निर्देशकको सरुवा


३० जेष्ठ २०७७, शुक्रबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका ५ जना कार्यकारी निर्देशकहरूको सरुवा भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरू भुवन कँडेल, पीताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापाको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्रोतका अनुसार यसअघि राष्ट्र बैङ्कको आन्तरिक लेखा परीक्षण विभागमा रहेका भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

त्यस्तै, केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भई मुद्रा व्यवस्था विभागमा रहेका विश्रुत थापालाई आन्तरिक लेखा परीक्षण विभागमा पठाइएको छ ।

त्यसै गरी वित्त कम्पनी सुपरिवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पीताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरिवेक्षणमा पठाइएको छ ।

राष्ट्र बैङ्क कर्मचारी सेवा नियमावलीले गभर्नरले नियमावलीको अधीनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्न सक्ने अधिकार अनुसार सोही अधिकारको प्रयोग गरी नयाँ गभर्नर अधिकारीले पहिलो पटक व्यवस्थापकीय तहका ती कर्मचारीहरूको सरुवा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस