सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक(एआईजी) को सरुवा भएको छ । मन्त्रिपरिषद्को बुधवारका बैठकले सशस्त्रका ३ जना एआईजीको सरुवा गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक वर्ष नपुगी एआईजीको सरुवा नगर्ने अडान राखेपछि सरुवा केही समय रोकिएको थियो ।

गृह सचिव महेश्वर न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृह मन्त्रालयले सरुवा अघि बढाउने चेतावनी दिएपछि मङ्गलवार उनले सरुवाको प्रस्ताव ल्याएका थिए ।

गृह मन्त्रालयको प्रस्तावमा भएको सरुवाअनुसार कार्य विभागमा रहेका एआईजी नारायणबाबु थापाको एकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानव श्रोत विभाग र मानव स्रोतमा रहेका रामशरण पौडेलको कार्य विभागमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस