२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय सहयोगमा ५६ विद्यालय भवन बन्ने

अ+ अ-

काठमाडौँ । भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौँस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतानुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ माध्यमिक विद्यालयको पुनःनिर्माण हुनेछ ।

नेपालमा भूकम्पपश्चातको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु २।९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयको पुनःनिर्माण गरिनेछ । भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनःनिर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपश्चातको पुनःनिर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस