आत्मदाहको प्रयास गर्ने कर्मचारीको कर्मचारीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आत्मदाहको प्रयास गर्ने कर्मचारीको कर्मचारीको मृत्यु


२६ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाउदै आत्मदाह गर्न खोजेका बयालपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीको मृत्यु भएको छ ।

सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घण्टामा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालले आर्थिक सङ्कट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए ।

सम्बन्धित समाचार : नवीकरण नगर्ने जानकारी पछि करारका कर्मचारीद्वारा आत्मदाहको प्रयास

Tags :
प्रतिक्रिया दिनुहोस