नवीकरण नगर्ने जानकारी पछि करारका कर्मचारीद्वारा आत्मदाहको प्रयास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवीकरण नगर्ने जानकारी पछि करारका कर्मचारीद्वारा आत्मदाहको प्रयास


प्रशासन विशेष ब्युरो

२६ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् ।

साँफेबगर नगरपालिका वडा नं. ६ का २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आउजीले सोमबार बिहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज हुँदै भेरी अस्पताल पुगेको भन्ने जानकारी आएको पौडेलले प्रशासनलाई बताए ।

गम्भीर घाइते आउजीको बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि सुविधा सम्पन्न अस्पतालमा उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत कोहलपुर पठाइएको र त्यहाँबाट पनि भेरी अस्पतालसम्म पुगेको भन्ने खबर आफूले पाएको प्रजिअ पौडेलले बताएका छन् ।

अस्पतालले करारको अवधि नथप्ने जानकारी दिएपछि उनले प्राङ्गणमै आत्मदाहको प्रयास गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस