स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. गौतम, देवकोटालाई गुणस्तरको जिम्मेवारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. गौतम, देवकोटालाई गुणस्तरको जिम्मेवारी


२५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतमलाई जिम्मेवारी दिईएको छ ।

हालै स्वास्थ्य मन्त्रालयमा सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्तासमेत तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिएका छन् ।

डा. गौतम यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल प्रमुख थिए ।

यस्तै प्रवक्ताको जिम्मेवारीमा रहेका डा. विकास देवकोटालाई स्वास्थ्य मन्त्रालयले गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस