घूस खुवाउन खोज्ने इन्जिनियरविरुद्ध मुद्दा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

घूस खुवाउन खोज्ने इन्जिनियरविरुद्ध मुद्दा


२३ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । मोरङको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रमाण नष्ट गर्न १० हजार घूस शौचालयमा फालेको आरोपमा पक्राउ परेका उनले तटबन्धन बनाउन १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस दिन खोजेका थिए ।

कर्मचारीले नमागेको अवस्थामा नै जबरजस्ती घर्रामा खाम राख्न खोजेपछि मन्त्रालयका कर्मचारीहरूले माथिल्लो तहका पदाधिकारीलाई खबर गरेका थिए । घटना जानकारी हुनासाथ झाले प्रमाण नष्ट गर्न उक्त रकम मन्त्रालयको शौचालयमा फाली फ्लस गर्न खोजेका थिए । उनी विरुद्ध शुक्रवार मुद्दा दायर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस