१९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा


२३ जेष्ठ २०७७, शुक्रबार


पाल्पा । पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेसन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको छ ।

यही जेठ २० गते पूर्व खोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो ।

उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

पाल्पामा सङ्क्रमित सातमध्ये पाँच जनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेसन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै रहेका छन् । रामपुरमा पचास शय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ ।

बुधवार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ । उनीहरूलाई आज आइसोलेसन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस