लकडाउनको मोडालिटीबारे बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरूबिच छलफल चल्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकडाउनको मोडालिटीबारे बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरूबिच छलफल चल्दै


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । ७२ दिनदेखि जारी लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी भई रहेको छ । सरकारले पछिल्ला दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने गरी छलफललाई तीव्रता दिँदै आएको छ ।

यस क्रममा बुधवार(आज) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।

छलफलमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू सम्मिलित बैठकमा २ दर्जनभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको छ भने सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, परराष्ट्र मन्त्री र स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवसमेत विज्ञहरूको पनि परामर्शमा उपस्थिति रहेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दबाब परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरोकारवालासँग परामर्श लिएका हुन् । हिजो मङ्गलवार मात्रै उच्चस्तरीय समितिका संयोजकसहित सरोकारवाला मन्त्रालयसमेतको सहभागितामा निजी क्षेत्रमा प्रतिनिधहरुसँग सिंहदरवारमा छलफल गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस