२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

अ+ अ-

रोम । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोना भाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो ।

गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो ।
पर्यटकहरुले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् ।

तर ठूलो संख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुने छैन । युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्वाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ ।

युरोपमै कोरोनाभाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरुमा ठूलो संख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना संक्रमितको संख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो । लकडाउन कडा पारिए पछि मात्र यहाँ कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको थियो ।

दोस्रो विश्यवयुद्ध पति पहिलोपटक अर्थतन्त्रमा मन्दीको अनुभव गरेको इटालीको अर्थतन्त्रमा सुधार ल्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ, र यो जतिसक्दो चाँडो खुला गरिनु आवश्यक छ ।

तर अझै पनि इटालीमा दैनिक दर्जनौं व्यक्ति कोरोना संक्रमित भेटिएका छन्, खासगरी उत्तरी लोम्बार्डी क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् । विज्ञहरुले इटालीले यात्रामा खुकुलो पार्न हतार गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय उडानहरु इटालीका मुख्यतः तीनवटा शहरहरु मिलान, रोम र नेपल्समा हुनेछ । तर कार, रेल र पानी जहाजबाट इटाली आउने मानिसहरु जहाँ पनि जान सक्नेछन् ।

स्वीट्जरल्यान्डले आफ्ना नागरिकलाई इटालीको भ्रमण गरेर फर्किए आवश्यक स्वास्थ्य सकर्तता अपनाउन चेतावनी दिएको छ । स्वीट्जरल्यान्डले यही जुन १५ मा इटाली बाहेक जर्मनी, फ्रान्स र अस्ट्रियासँगको सीमा खोल्दैछ ।

अस्ट्रियाले पनि मध्य जुनदेखि इटाली बाहेकका जर्मनी, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीसँगको सीमा खोल्दैछ ।

इटालीमा लकडाउनले आर्थिक क्षेत्रमा सर्वाधिक प्रभाव पारेको अध्ययनहरुले देखाएका छन् । पर्यटन क्षेत्रको योगदान इटालीको अर्थतन्त्रमा १३ प्रतिशतको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रहेको छ ।

लकडाउनका कारण इटालीका ऐतिहासिक क्षेत्रहरु, रेस्टुराँ, होटल तथा अरु पर्यटकीय गतिविधिका क्षेत्रहरु बन्द गरिएका थिए । एएफपी

प्रतिक्रिया दिनुहोस