कर्मचारीतन्त्रलाई भत्काइदिउँ, कर्मचारीको संख्या घटाऔं, गुणस्तर बढाऔं : डा. बाबुराम भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीतन्त्रलाई भत्काइदिउँ, कर्मचारीको संख्या घटाऔं, गुणस्तर बढाऔं : डा. बाबुराम भट्टराई


१८ जेष्ठ २०७७, आइतबार


काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रशासनिक सुधारका लागि कर्मचारीको संख्या घटाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. भट्टराईले अहिलेको यो कर्मचारी तन्त्र नभत्काउँदासम्म प्रशासनिक सुधार नहुने बताएका छन् ।

उनले भने, ‘प्रशासनिक सुधार हामीले गर्नेपर्छ, अहिलेको यो कर्मचारीतन्त्र यो सोपानक्रममा आधिारित कर्मचारी तन्त्र रहेसम्म हुँदैन, एउटै झट्कामा हामीले किन भत्काउन सक्दैनौं ?’

उनले कर्मचारीलाई आग्रह गर्दै भनेका छन्, कर्मचारीसाथीहरुलाई आग्रह छ तपाईँहरु ढेलेखेका ज्ञानी हुनुहुन्छ, देश विदेश घुमेर आउनुभएको छ, यति ठूलो कर्मचारी किन पाल्नु पर्‍यो हामीले ? । ’

यस्तै उनले कर्मचारीको संख्या घटाउनु पर्ने र पुनर्संरचना गर्नुपर्ने भनेका छन् । उनले भने, ‘केन्द्रमा ५० हजार कर्मचारी किन चाहियो ?, तल मान्छे पुगिराखेका छैनन्, अनेक बाहाना गरेर जाँदैनन, त्यसैले यो कर्मचारी तन्त्रलाई भत्काइदिउँ । र यसको पुनर्संरचना गरौंं, र यसको संख्या घटाऔँ ।’

यस्तै डा. भट्टराईले सुरक्षाको संख्या पनि घटाउने र क्षमता विकास गराउनुपर्ने बताएका छन् । उनले भने, ‘हामीले सुरक्षा क्षेत्रलाई पनि गुणस्तर बढाऔं, सेना, प्रहरी र सशस्त्र प्रहरीको संख्या घटाऔं । त्यसो गरे सुधार गर्न सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस