संघीय सरकारले स्थानीय सरकालाई क्वारेन्टिन व्यवस्थापनको लागि थप आर्थिक सहयोग गर्नुपर्छ : लालबाबु पण्डित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघीय सरकारले स्थानीय सरकालाई क्वारेन्टिन व्यवस्थापनको लागि थप आर्थिक सहयोग गर्नुपर्छ : लालबाबु पण्डित


१८ जेष्ठ २०७७, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि संघीय सरकाले स्थानीय सरकालाई थप क्वारेन्टिन व्यवस्थापनको लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले कोरोना भाइरसको रोकथामको लागि संघीय सरकाले ध्यान दिनुपर्ने भन्दै क्वारेन्टिन व्यवस्थापनको लागि स्थानीय तहहरुमा थप आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने भएको बताएका हुन् ।

‘स्थानीय तहहरुमा क्वारेन्टिन व्यवस्थापनको लागि संघीय सरकारले थप आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने आवश्यकता मैले महसुस गरेको छु ।’ उनले भने

यस्तै उनले लकडाउनका बेला आत्महत्याका घटना बढेको पनि बताएका छन् ।

पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस