विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन गर्न सेना परिचालन गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन गर्न सेना परिचालन गर्ने निर्णय


१७ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।

सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ ।

शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस