२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिव, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा : मोदी

अ+ अ-

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन सकिने उल्लेख गरेका छन् ।

मोदीले एनडीए नेतृत्वको केन्द्रिय सरकार गठन गरेर दोस्रो कार्यकाल शुरु गरेको एक बर्ष पुरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पुर्‍याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गरेका छन् ।

‘त्यसैले हामीले यस वर्ष गरिब, किसान, महिला र युवालाई सशक्तिकरण गर्ने कुरालाई प्राथमिकतामा राख्यौँ,’उनले भने ।उनले नागरिकका नाममा पत्र समेत लेख्दै गत एक वर्षमा सरकारले गरेका कामहरुको सूची पनि सार्वजनिक गरेका छन् ।

सूचीमा उनले आफुहरुको प्रयास, उपलब्धि, ठूला ठूला निर्णयहरुलगायत पनि समेटेको जनाइएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिइरहेको र देशभरी लकडाउन लागु गर्नु परेको अवस्थामा समेत सरकारले प्रभावकारी कामहरु गरेको प्रधानमन्त्री मोदीको दाबी छ ।

उनले जम्मु कश्मिरलाई केन्द्रीय प्रशासनअन्तर्गत ल्याएको, अयोध्या सम्वन्धी आदेश आएको, नागरिकता सम्वन्धी नयाँ व्यवस्था गरिएको लगायतका विषयलाई मुख्य कार्यको रुपमा उल्लेख गरेका छन् ।

त्यसैगरी देशको विकास र राष्ट्रिय एकताका लागि धेरै कामहरु भएको पनि प्रधानमन्त्री मोदीले पत्रमा लेख्नु भएको छ । उनले किसानहरुलाई सम्मान र प्रेरणा प्रदान गर्न आफुले प्रधानमन्त्री किसान सम्मान निधि शुरु गरेको पनि चर्चा गरेका छन् ।

‘यस कार्यक्रम अन्तर्गत एक बर्षमा झण्डै दश करोड किसानको खातामा ७२ हजार करोडभन्दा बढी रकम जम्मा गरिदिइएको छ,’ प्रधानमन्त्री मोदीले लेखेका छन् । रासस

प्रतिक्रिया दिनुहोस