सरकारले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाउने


१५ जेष्ठ २०७७, बिहिबार


 

काठमाडौँ । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामती कर्मचारी, सङ्गठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कोरोना जोखिम सकिए लगत्तै देश दर्शन कार्यक्रम सञ्चालन गरिने छ । हवाई सेवा, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणासमेत अर्थमन्त्रीले गरेका छन् ।

रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने उनले उल्लेख गरे ।

सरकारले माध्यमिक स्तरभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयलाई समावेश गर्ने घोषणा समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस