संसद्को आजको कार्यसूचीबाट हटाइयो संविधान संशोधन विधेयक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

संसद्को आजको कार्यसूचीबाट हटाइयो संविधान संशोधन विधेयक


१४ जेष्ठ २०७७, बुधबार


काठमाडैं । प्रतिनिधिसभाको आजको बैठकमा पेश हुने भनिएको संविधान संशाधनको विधेयक कार्यसूचीबाट हटाइएको छ । आजको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७७ विधेयक पेश हुने ‘संभावित’ कार्यसूचीमा राखे पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको हो ।

उक्त विधेयक बुधबारको संसद् बैठकको संभावित कार्यसूचीमा राखिएकोमा सरकारको आग्रहमा हटाइएको संसद् सचिवालयले जानकारी दिएको छ । कांग्रेसले संविधान संशोधनमा आफ्नो समर्थन रहेको तर केन्द्रीय समितिमा छलफल गर्ने गरी मंगलबार सर्वदलीय बैठकमा समय मागेका कारण कार्यसूचीबाट हटाइएको हो।

मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अघि नै प्रतिनिधिसभा सचिवालयले ‘संभावित’ कार्यसूची प्रकाशन गरिसकेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस