बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि


१४ जेष्ठ २०७७, बुधबार


काठमाडौं । बाग्लुङ्मा ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

समाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनाद विन्दु शर्माले बाग्लुङका ५ जनामा कोरोना भाइरसको पुष्टि भएको जानकारी दिएका छन् ।

बढीगाड गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका २ जना पुरुष तथा तमनखोला गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ४ जना पुरुष गरी जम्मा ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको डा. शर्माले जानकारी दिए ।

उनले ती पुष्टि भएका ६ जनालाई सरकारी अस्पताल ल्याउने तयारी भएको बताएका छन् ।

No photo description available.

Tags :
प्रतिक्रिया दिनुहोस