जनकपुरको आइसोलेसनबाट भागेका संक्रमित आफ्नै घरबाट पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनकपुरको आइसोलेसनबाट भागेका संक्रमित आफ्नै घरबाट पक्राउ


१३ जेष्ठ २०७७, मंगलबार


पक्राउ

जनकपुरधाम । जनकपुरको आइसोलेसनबाट भागेका कोरोना संक्रमित सर्लाहीबाट पक्राउ परेका छन् । शनिबार राति
जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका संक्रमित सर्लाही धनकौलस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

आइतबार राति अस्पतालको झ्याल फोडेर भागेका ४५ वर्षीयसंक्रमित पुरुष खोजबिनका क्रममा सोमबार आफ्नै घरमा फेला परेका हुन् ।

उनलाई पक्राउ गरी सर्लाहीबाट फेरी उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा ल्याइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ती संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट् ट्रेसिङको काम भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ।

प्रहरीका अनुसार उनी मानसिक रागी थिए । उनी आइसोलेशनको झयालबाट भागेर पैदलै घर पुगेका थिए । यसअघि पनि उनी पीसीआर परीक्षण गर्न स्वाब लिने क्रममा भागेका थिए । प्रहरीले नियन्त्रणमा लिइ पुनः आइसोलेसनमा ल्याएको थियो । अस्पतालल भर्ना भएदेखि उनी आइसोलेसनमा अनियन्त्रित व्यवहार देखाउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस