ड्युटीमा खटिएका सईको टिपरको ठक्करबाट मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ड्युटीमा खटिएका सईको टिपरको ठक्करबाट मृत्यु


१३ जेष्ठ २०७७, मंगलबार


भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका एक सईको टिपरको ठक्करबाट मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत सई दाङको रामपुर स्थायी घर भएका उनी थिए । टिपर चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस