४ जिल्लाका सिडिओ फेरिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

४ जिल्लाका सिडिओ फेरिए


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।

मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।

पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।

त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।

केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।

सम्बन्धित समाचार : ५ जिल्लाका सिडिओको सरुवा

देशव्यापी कोरोना सङ्क्रमणको कहर चलिरहँदा गरिएको जिल्ला प्रमुखको फेरबदललाई विभिन्न रूपमा हेरिएको छ । कतिपयले यसलाई कार्यक्षमतासँग जोडेका छन् भने कतिपयले सिडिओ बन्न इच्छा जाहेर गरेपछि गरिएको फेरबदलका रूपमा लिएका छन् तर मन्त्रालयले यसलाई नियमित प्रक्रिया भनेको छ । यसअघि नै हुनुपर्ने भए पनि लकडाउनका कारण केही ढिलाइ हुन गएकोले अहिले गरिएको गृहका एक अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस