५ जिल्लाका सिडिओको सरुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५ जिल्लाका सिडिओको सरुवा


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकार(सिडिओ)को सरुवा गरेको छ ।

मन्त्रालय विशेष स्रोतका अनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओ फेरिएका हुन् ।

मन्त्रालयले हरि पन्तलाई जिल्ला प्रशासन कार्यालय रसुवाको सिडिओ बनाएर पठाइएको छ भने त्यहाँका सिडिओ अर्जुन भण्डारीलाई गृहमा ल्याइएको छ । सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरेको छ भने नवलपरासीका सिडिओ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ ।

भोलि १० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका लमजुङका सिडिओ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्ण प्रसाद शर्मालाई पठाएको छ ।

त्यस्तै कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा सरुवा गरिएको छ । बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाइएको छ । बैतडीमा मोहन जोशीलाई प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस