बाँकेको नरैनापुरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा, सेनासमेत परिचालन गर्ने निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाँकेको नरैनापुरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा, सेनासमेत परिचालन गर्ने निर्णय


११ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आइतबार(आज)राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना सङ्क्रमितलाई अस्पताल ल्याउन स्थानीयले अवरोध खडा गर्न थालेको र सिल गर्दा पनि नियन्त्रण गर्न नसकिएपछि अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गर्दै सेनासमेत परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

स्थिति नियन्त्रणबाहिर जान थालेको भन्दै गाउँपालिकाले सेना परिचालन गरेर भए पनि नियन्त्रण गर्न भनेको थियो ।

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस