बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक : प्रधानमन्त्री ओली(भिडियो सहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक : प्रधानमन्त्री ओली(भिडियो सहित)


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले विश्व शान्तिको चाहनामा तड्पिरहेको समयमा बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक भएको उल्लेख गरेका हुन्। ओलीले २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज साँझ ७ बजे नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।

‘आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको छ। सङ्क्रमितहरूको सङ्ख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढ्दो छ।’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस दुःखद घडीमा म कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। र, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु।’

उनले आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरूका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन। तर, भयावह हुनसक्ने लक्षणहरू छन्। यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको समझदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रूप लिन सक्दछ। त्यस कारण हामी सजग हुनु जरुरी छ।’

आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन, एकै दिन र एकै तिथिमा परेको हुनाले बुद्ध जयन्ती भनेर मनाउने गरेको ओलीले स्मरण गरेका छन्।

संयुक्त राष्ट्र सङ्घले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरूको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रूपमा मनाउने गरेको छ। ‘बैशाख डे जसरी धूमधामसँग विश्वव्यापी रूपमा मनाइने गरिन्थ्यो, विश्वस्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रूपमा मनाउन सकिने अवस्था रहेनु, प्रधानमन्त्री ओलीले भनेका छन्, ुफेरि पनि यस अवसरमा म महामानव, जसलाई मानव जातिले भगवान् बुद्धका रूपमा मान्ने गरेको छ, उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धा सुमन अर्पण गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस