२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्ध तीन तहका सरकारबीच समन्वय आवश्यक

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ । समितिले गण्डकी प्रदेशको बजार अनुगमन टोली एवं सरोकारवालासँग आइतबार गरेको छलफलमा समितिका सभापति दीपक कोइरालाले यसको रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताए ।

उनले बजार अनुगमन टोलीसँग प्रदेशको बजारको अवस्था, मूल्यवृद्धि लगायतमा भइरहेका प्रयास लगायतमा जानकारीसमेत लिए। अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा वर्तमानमा कुनै पनि सामग्रीको अभाव नरहेको जानकारी गराए ।सभापति कोइरालाले बन्दाबन्दीको अवधिमा कास्की, स्याङ्जा, पर्वत तनहुँलगायत जिल्लाका १०० भन्दा बढी ठाउँमा अनुगमन गरिएको उल्लेख गर्दै उहाँले आपूर्तिलाई सहज बनाउनेतर्फ जोड दिइएको बताए ।

अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मूल्यवृद्धि गरेर पठाएकाले आटा, खाने तेल, रातो दालमा केही मूल्य बढेको पाइए पनि अन्य सामानको अभाव नदेखिएको बताए । उनले औषधिको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ग्यास र खाद्यान्नमा अभाव नरहेको बताउँदै यसबीचमा कालोबजारी गर्ने तीन जनालाई मुद्दा चलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लीलाबल्लव न्यौपानेले तीन तहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउँदै तीन तहकै एउटै निर्णय भए काम गर्न सहज हुने उल्लेख गरे । समितिमा बजारमा चोक्करको मूल्य बढी लिएको, मिति सकिएको एलपी ग्यासको सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस