२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इँटा उद्योगमा एक करोड क्षति

अ+ अ-

जीतपुर । पटक पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा रु एक करोडभन्दा बढीको क्षति भएको छ । भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०–३० लाख काँचो इँटा बिग्रिएको त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिए।

इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा पनि करीब एक महिनादेखि बिक्री नहुँदा उद्योगी चिन्तित छन् । सवारी साधन सञ्चालन हुन नसकेका कारण जिल्लाभर ७३ इँटा उद्योगमा बिक्री शून्य भएको उद्योगीले जनाएका छन् ।

बुद्धभूमि नगरपालिका –८ स्थित सेभेन स्टार इँटा उद्योगमा करीब रु ३० लाख बढी क्षति भएको कपिलवस्तु इँटा उद्योग संघका महसचिव कृष्ण सापकोटाले जानकारी दिए । मजदूरलाई आफूले काँचो इँटाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सापकोटाले गुनासो गरे। उत्पादित इँटा बिक्री नभएको र वित्तीय संस्थाबाट ल्याइएको कर्जा र व्याज तिर्नसमेत धौधौ भएको इँटा व्यवसायी डम्बर शर्माले बताए ।

इँटा बनाएर परिवार चलाउँदै आएका मजदूरलाई समेत यसको मार परेको छ । भट्टामै इँटा बनाएर घरखर्च जोहो गर्ने र आफ्नो कमाइले नौ जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी बन्दाबन्दीले आफूहरुलाई समस्यामा पारेको बताउँछन् ।

नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भट्टामा आश्रित मजदूरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुश्किल पर्दै गएको बताए। उनले भने,‘नाफा र नोक्सानी हेर्ने समय त होइन, कसरी आफू र मजदूरलाई बचाउने भन्ने सोचिरहेका छौँ ।’ काँचो इँटाको बीमा नहुने र सरकारले उद्योगीलाई क्षतिपूर्तिसमेत नदिने गर्दा उद्योगीले घाटा व्यहोर्नुपरेको मियाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस