२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयको टोली हुम्लामा

अ+ अ-

सिमकोट । हुम्ला जिल्लामा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ ।

जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिए ।

जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा टसियाङ्गजुक लामाले बताए ।

जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उनले निगरानीमा रहेकाहरुको तथ्याङ्ग सार्वजनिक गरिने जानकारी दिए । आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा लामाले बताए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा मन्त्रालयबाट आएको दुई जनाको टोली र जिल्लाका सरोकार पक्षबीच कोरोनाको रोकथाम सम्बन्धमा सकारात्मक छलफल भएको प्रजिअ विनिता भट्टराईले बताए ।

क्वारेन्टाइनमा भएन राम्रो खाना
सदरमुकाम सिमकोटको रानीवन निगरानीमा रहेका व्यक्तिले खानपिनको कुनै राम्रो सेवा सुविधा नभएको गुनासो गर्न थालेका छन् । क्वारेन्टाइनमा बस्नुभएका नाम्खा गाउँपालिका ३ का कुचि लामाले क्वारेन्टाइनमा खानपिन राम्रो नभएको दुखेसो गर्नुभयो ।

लामाले भने, “गाउँमा गएर क्वारेन्टाइन बस्छु भन्दा पनि दिएका छैनन्, म सुगर रोगी भएकोले सेतो चामलको भात खान नमिल्दा पनि त्यही खानुपरेको छ ।”

रानीवन क्वारेन्टाइनमा बसेकाहरुले बिहानबेलुका दुई छाक मात्रै खाना दिने गरेको तर दिउँसो चिया पनि नदिने गरेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा बसेकालाई प्रतिछाक रु दुई सय र त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई रु २५० को दरले खाना दिने गरेको पाइएको छ । क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइनमा बस्छु भन्दा पनि प्रजिअले नमानेको कैलाश होटेल हुम्लाकी सञ्चालिका प्रेमा लामाले बताए ।

क्वारेन्टाइनका लागि भन्दै कर्णाली प्रदेश सरकारले रु ५० लाख दिएको र जिल्लाका गैरसरकारी संस्थाले विपद् व्यवस्थापन कोषका लागि भन्दै रु छदेखि सात लाख संकलन गरे पनि क्वारेन्टाइनमा गुणस्तरीय खाना नभएको उनीहरुको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस