२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना रोकथाममा संलग्नको मृत्यु भए परिवारलाई ५० लाख दिने प्रदेश १ को घोषणा

अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ मा कोरोना भाइरस(कोभिड-१९)को नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको अवसरमा आइतबार प्रदेशवासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भए ५० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले सरकारले राहत वितरणका लागि प्रदेशका १ सय ३७ स्थानीय तहलाई साढे ९ करोड रुपैयाँ निकासा गरेको पनि जानकारी गराएका छन् । महानगरपालिकाले २० लाख रुपैयाँ, उपमहानगरपालिकाले १५ लाख रुपैयाँ, नगरपालिकाले १० लाख र गाउँपालिकाले ५ लाख रुपैयाँ पाउने गरी एकमुष्ट ९ करोड ५० लाख रुपैयाँ बजेट निकासा गरेको मुख्यमन्त्री राईले बताए ।

त्यसै गरी जिल्लामा कोरोना भाइरस रोकथामको अनुगमन र समन्वयका लागि प्रदेशका १४ जिल्ला समन्वय समितिलाई ५÷५ लाख रुपैयाँ दिने मुख्यमन्त्री राईले बताए ।

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले यसअघि नै ३ करोड रुपैयाँ विनियोजन गरेको थियो भने सुरक्षा निकायका लागि १ करोड ६८ लाख रुपैयाँ निकासा गरेको छ ।

मुख्यमन्त्री राईले कोरोना भाइरस(कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचारमा प्रदेश सरकारमार्फत खटिने स्वास्थ्य क्षेत्रका जनशक्तिलाई दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता पनि दिने निर्णय गरेको छ ।

उनले कोरोना उपचारका लागि ७० शय्याको अस्पतालसमेत तयारी अवस्थामा राखेको बताएका छन् । उनले प्रदेशका दुई सय ६१ ठाउँमा चार हजार चार सय ११ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन स्थल बनेको र हाल पाँच सय ९० जना क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् ।

त्यस्तै ४८ ठाउँमा ४ सय ४६ वटा आइसोलेसन शय्या रहेको र ७ जना उपचारमा रहेको जानकारी पनि मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले लकडाउनको पूर्ण रूपले पालना गर्नु आग्रह गरे ।

उनले कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले कोरोना जनसुरक्षा कोष स्थापना गरेकोमा अहिलेसम्म १३ करोड ५ लाख जम्मा भएको जनाकारी दिएका छन् ।

प्रदेश सरकारले बनाएको कोषमा सरकारले १० करोड जम्मा गरेको थियो भने मन्त्रीहरू, प्रदेशसभाका सभामुख, उपसभामुख, सांसद, बैक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायीलगायत विभिन्न सङ्घ संस्था र व्यक्तिले कोषमा रकम जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस