२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

अ+ अ-

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफैँले शुक्रबार उद्धार गरेको जनाएको छ ।

सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिनुभयो । पेटमा शिशु उल्टो अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पुर्‍याइएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था भएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उनको गुनासो छ ।

करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानाको विकल्प छैन ।

भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पु¥याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस