गभर्नरका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गभर्नरका लागि तीन जनाको नाम सिफारिस


२४ चैत्र २०७६, सोमबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि तीनजनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले पूर्व अर्थसचिव राजन खनाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सिफारिस गरेको हो ।

सम्भवतः आजै गभर्नरको नियुक्ति हुने छ ।

तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल पदमा बहाल रहेको एक महिनाअगाडि नै गभर्नर नियुक्त गरिसक्नु पर्ने कानुनी व्यवस्था रहे पनि पद खाली भएको तीन सातापछि मात्र गभर्नर नियुक्ति गर्न लागिएको हो ।

तत्कालीन गभर्नर नेपालको चैत ५ गतेबाट पदावधि सकिएको थियो । तत्पश्चात राष्ट्र बैंकका चिन्तामणि सिवाकोटीले कामु गभर्नरका रूपमा काम चलाइरहेका छन् ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले समितिले सिफारिक गरेका यी तीन जनामध्ये एकलाई गभर्नर नियुक्ति गर्ने स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस