मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने


२४ चैत्र २०७६, सोमबार


काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

आज बस्ने बैठकमा नियमित छलफल तथा लकडाउन थप्ने बारे निर्णय हुने स्रोतले जनाएको छ ।

उच्च्स्तरीय स्रोतका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको जानकारी दिएको छ । यसबारे यकिन निर्णय भने मन्त्रिपरिषद बैठकबाटै हुनेछ ।

बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहने गरी प्रस्ताव गर्न लागेको स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस