मुख्यमन्त्री आफै पुगे उपकरण र औषधि लिएर डोल्पा, दुई जनाको स्वाव सुर्खेत लगियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुख्यमन्त्री आफै पुगे उपकरण र औषधि लिएर डोल्पा, दुई जनाको स्वाव सुर्खेत लगियो


१८ चैत्र २०७६, मंगलबार


डोल्पा । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आफै औषधि र उपकरण लिएर डोल्पा पुगेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन ।

नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णालीको डोल्पा अस्पतालमा सबै भन्दा पहिला उपकरण र औषधि पूर्याइएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै डोल्पा जिल्ला अस्पताल पुगेर औषधि र उपकरण हस्तान्तरण गरेका हुन ।

हेलिकप्टरबाट सर्जिकल मास्क २ हजार, पिपीई ६० थान, लुज ग्लोब्स एक हजार, एननाइन्टी मास्क २५ थान, पारा सिटामोल ५ हजार ट्याब्लेट, साधारण मास्क एक हजार थान, गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान, सेनिटाइजर दुई बोतल, क्यानुला २४ नम्बरको २१ थन, २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय ट्याब्लेट स्वास्थ्य सेवा कार्यालयले बुझेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी देवबहादुर बिसिले जानकारी दिए ।

आइशोलसनमा राखिएका द’ईजना बिरामीको स्वाव परीक्षणको लागि सुर्खेत लगिएको छ । बिरामी सामान्य भएकाले नआत्तिन भन्दै पक्षणको लागि नमुना सुर्खेत लगिएको हो ।

करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्य कर्मी, जनप्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरूसँग बसेको मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावले अस्पतालको निरीक्षण गर्नुका साथै तत्काल व्यवस्थापन प्रभावकारी बनाउन सबैलाई निर्देशन दिए ।

सोमबार आइशोलसनमा राखिएका बिरामीहरूलाई भेटेका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लाजमर्दो आइशोलसन भएकोले तत्काल बाहिर घर भाडामा लिएर भरपर्दो कम्तीमा पनि ३० शय्याको आइशोलेसन निर्माण गर्न निर्देशन दिए ।

उपकरण र औषधि हस्तान्तरण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, काम गर्ने बेला हो पैसा छैन भनेर टार्न पाइँदैन प्रदेश सरकारले चाहिने पैसा पचास लाख जिल्ला प्रशासन र २५ लाख जिल्ला अस्पतालमा पठाएको छ, खर्च गर्नुस् नपुगे सरकारले दिन्छ, भन्दै मुख्यमन्त्री शाही जँगिए ।

काम नगर्ने कमचारीलाई विकल्प खोज्ने भन्दै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लाग्नुपर्ने बताए । ब्यङग्य गर्दै शाहीले भने,जनप्रतिनिधि कन् दुलामा छन् भोट माग्दा मात्रै निस्कने कि विपत्को बेलामा पनि जनताको काममा लाग्ने भन्दै जनप्रतिनिधिले सबैभन्दा धेरै काम गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस