निस्दीमा कर्मचारीलाई प्रोत्साहन भत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निस्दीमा कर्मचारीलाई प्रोत्साहन भत्ता


प्रशासन संवाददाता

१६ चैत्र २०७६, आइतबार


तानसेन । पाल्पाको निस्दी गाउँपालिकाले कोभिड १९ को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर ज्यानै जाने अवस्था सिर्जना भएमा रु १० लाख उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।

यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सात वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हातधुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए ।

गाउँपालिकामा अहिले स्वास्थ्य परीक्षण तथा भारतलगायत तेस्रो मुलुकबाट गाउँ भित्रिएका नागरिकको तथ्याङ्क सङ्कलन भइरहेकाले नआत्तिन र संयमित भएर आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै घरमै बस्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले अनुरोध गरिन् । निस्दीमा ८७ प्रतिशत मगर समुदायको बस्ती छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस