संयुक्त राष्ट्रसंघका ८६ कर्मचारी कोरोना संक्रमित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारी कोरोना संक्रमित


१५ चैत्र २०७६, शनिबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तराष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि कोरोना संक्रमित भएका छन् ।

बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको डुजरिकले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको उनको भनाई छ ।

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन ।

Tags :
प्रतिक्रिया दिनुहोस