अख्तियारका आयुक्तको १५ दिनको तलब कोरोना कोषलाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अख्तियारका आयुक्तको १५ दिनको तलब कोरोना कोषलाई


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम कोषमा अख्तियारका प्रमुख आयुक्तसहित आयुक्तहरुले तलब स्केललको १५ दिनको तलब उपलब्ध गराउने भएका छन्।

अख्तियारका प्रमुख आयुक्त नबीनकुमार घिमिरे, आयुक्त डा. गणेशराज जोशी र आयुक्त डा. साविरी थापा गुरुङले सुरुको तलब स्केलको १५ दिनको तलब उपलब्ध गराउने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला जनाएका छन्।

सचिवलगायत कर्मचारीको हकमा नेपाल सरकारले‌ तोकेको श्रेणीबमोजिम कोरोना उपचार कोषमा जम्मा गरिने छ।

प्रतिक्रिया दिनुहोस