कर्मचारी संगठन बाजुराले कोरोना कोषलाई २५ हजार दिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारी संगठन बाजुराले कोरोना कोषलाई २५ हजार दिने


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन बाजुराले कोरोना कोषलाई २५ हजार दिने घोषणा गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार’ कोषलाई २५ हजार दिने निर्णय गरेको हो ।

संगनले सो रकम कोषको नेपाल वाणिज्य बैंकको खातामा जम्मा गरिदिने जानकारी लिएको छ ।

नेपाल कर्मचारी संगठन बाजुराले शनिबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला सिंगो देशबासीहरु कोरोना भाइरससँग जुधिरहेको अवस्थामा सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु असल नागरिकको कर्तव्य हो । हाम्रो जस्तो देशलाई यो महामारीसँग जुधेर नागरिकको जीवन रक्षा गर्नु चुनौतीपूण कार्य हो । त्यसैले यो संकटको घडीमा नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण, र उपचार कोष को राष्ट्रिय वाणिज्य बैंकको खाता १९६०००००११०१ मा जम्मा हुने गरी रु २५ हजार आर्थिक सहयोग गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस