कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा एकैदिन ४ सयको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा एकैदिन ४ सयको मृत्यु


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । कोरोना भाइरसका कारण विश्वमै मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ । वर्ल्ड ओमिटरकाअनुसार नेपाली समय शनिबार बिहान ८ बजेसम्मको अवधिमा २७ हजार ३ सय ६५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या भने ५ लाख ९७ हजार नाघेको छ ।

अमेरिकामा कोभिड–१९ को संक्रमणबाट २४ घण्टाको अवधिमा ४ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख नाघेको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ पुगेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ ।

अमेरिकाले कोभिड–१९को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर (अप्रिल १२) सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

यस्तै इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ भने संक्रमितको संख्या ८६ अजार नाघेको छ ।

नेपालमा पनि शुक्रबार नयाँ संक्रमित भेटिएसँगै चार जनामा संक्रमण भएको पुष्टि भएको छ । नेपालको छिमेकी मूलुक भारतमा २० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ सय नाघेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस