अख्तियारमा कोरोना त्रास, आठजना हिरासत मुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारमा कोरोना त्रास, आठजना हिरासत मुक्त


१४ चैत्र २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार ८ जना व्यक्तिलाई हिरासतमुक्त गरेको छ ।

हालको विश्वव्यापी कोरोना भाईरस(कोभिड-१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै बाँकी अनुसन्धान पुरा गर्ने गरी धरौटी लिएर तारेखमा छाड्ने निर्णय गरेको हो ।

‘कसुरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेकामध्ये हाल आठ जनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्ने गरी धरौटी लिएर तारेखमा राख्ने निर्णय गरेको’ आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस