चिकित्सकलाई चिन्तित नहुन प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चिकित्सकलाई चिन्तित नहुन प्रधानमन्त्रीको आग्रह


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुको व्यक्तिगत सुरक्षाका थप सामाग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गरेका प्रधानमन्त्रीले हाल मौज्दात सामाग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन् ‘तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं । कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गरौं । सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।’

Tags :
प्रतिक्रिया दिनुहोस