कालीमाटी तरकारी बजार दैनिक ७ घण्टा खोल्न आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कालीमाटी तरकारी बजार दैनिक ७ घण्टा खोल्न आग्रह


१३ चैत्र २०७६, बिहिबार


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार दैनिक ७ घण्टा सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

बजार विकास समितिका अनुसार फलफूल तथा तरकारीको अभाव सिर्जना हुन नदिन बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्नेबारे छलफल थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा कालीमाटी प्रहरी वृत्तले सुरक्षा समन्वय गर्ने गरी बजार सञ्चालनको प्रस्ताव आएको तरकारी तथा फलफूल व्यवसायी महासंघले जनाएको छ ।

कालीमाटीमा तरकारी र फलफूलका गरी ४५० वटा पसलहरु सञ्चालनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस