अनौपचारिक क्षेत्रको श्रमिकलाई राहत देऊ : एमनेस्टी इन्टरनेसनल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनौपचारिक क्षेत्रको श्रमिकलाई राहत देऊ : एमनेस्टी इन्टरनेसनल


१३ चैत्र २०७६, बिहिबार


काठमाडौं । एमनेस्टी इन्टरनेसनलले अनौपचारिक क्षेत्रका श्रमिकलाई राहत उपलब्ध गराउन आग्रह गरेको छ । दैनिक रुपमा कमाएर खाने वर्गका लागि प्याकेज ल्याउन एमनेस्टीले सुझाव दिएको हो ।

एमनेस्टी इन्टरनेसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘भोकमरी र संक्रमणमध्ये एउटा छनौट गर्न कसैलाई बाध्य तुल्याउनु हुँदैन ।’

भारत, श्रीलंका र पाकिस्तानले श्रमिकका लागि आर्थिक प्रोत्साहन प्याकेज घोषणा गरे पनि ती उद्योग लक्षित भएको भन्दै एमनेस्टीले अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरुलाई लक्षित गरी प्याकेज ल्याउन आग्रह गरेको छ ।

सडक विक्रेता, सरसफाइ कामदार, चालक, निर्माणकर्मी, सफा गर्ने, चिया रोप्ने कामदार, भरिया, कुक र घरेलु कामदारहरु लकडाउन लागू हुने बित्तिकै समस्यामा परेको एमनेस्टीको भनाइ छ ।

यस्तै, एमनेस्टीले शरणार्थी र आन्तरिक रुपमा विस्थापित मानिसहरुको पनि ख्याल गर्न ध्यानाकर्षण गरेको छ ।

सही सूचनाको अभावमा निरक्षर र ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू प्रभावित हुन सक्ने एमनेस्टीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस