स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न एमनेस्टी इन्टरनेसनलको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न एमनेस्टी इन्टरनेसनलको आग्रह


१३ चैत्र २०७६, बिहिबार


काठमाडौं । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ ।

एमनेस्टीले कोरोना संक्रमित विरामीसँग स्वास्थ्यकर्मीको प्रत्यक्ष भेट हुने भएकाले उनीहरुलाई आवश्यक सुरक्षात्मक उपकरण दिनुपर्ने बताएको छ ।

एमनेस्टीले भनेको छ, ‘उनीहरु र उनीहरूको परिवारलाई उचित प्रशिक्षण र मनोवैज्ञानिक सहयोग दिएर स्वास्थ्यकर्मीहरु सुरक्षित रहेको सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’

एमनेस्टीले विज्ञप्तीमा जारी गर्दै अफगानिस्तान, बंगलादेश, भारत, नेपाल र पाकिस्तानका स्वास्थ्यकर्मीले आफूहरुका लागि सुरक्षा प्रदान गर्ने उपकरणको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस