बैंक तथा वित्तिय संस्था खोलेर सेवा दिन राष्ट्र बैंकको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैंक तथा वित्तिय संस्था खोलेर सेवा दिन राष्ट्र बैंकको निर्देशन


१३ चैत्र २०७६, बिहिबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ ।

लकडाउनको समयमा सम्भव भएसम्म सबै स्थानीय तहका बैंक शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

सबै प्रदेशको स्थानीय प्रशासनसँग समन्वय गरी निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा शाखा खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।

केही घण्टको लागि भएपनि खोलेर सेवा दिन निर्देशन दिएको छ । खोलिएका शाखाहरुमा सकभर कम कर्मचारीबाट सञ्चालन गर्न पनि भनिएको छ।

सर्वसाधारणलाई खाद्य सामग्री किन्न, उपचार गर्नजस्ता अत्यावश्यक खर्चका लागि बैंकमा राखेको पैसा निकाल्नुपर्ने भएकाले राष्ट्रबैंकले यस्तो निर्देशन दिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस