कोरोनाविरुद्ध सेना : देशभर क्वारेन्टाइन र आइसोलेसन बेड तयार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाविरुद्ध सेना : देशभर क्वारेन्टाइन र आइसोलेसन बेड तयार


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरस(कोभिड –१९) रोकथामका लागि २३ सयभन्दा बढी क्वारेन्टाइन बेड र ८ सयभन्दा बढी आइसोलेसन बेड बनाएको छ।

काठमाडौँलगायत देशका सबै पृतनामा सेनाले २ हजार ३ सय ५९ क्वारेन्टाइन बेड र ८ सय ५४ वटा आइसोलेसन बेड बनाएको हो ।

सैनिक अधिकारीका अनुसार पूर्वी पृतनामा ४ सय ४० बेडको क्वारेन्टाइन बेड तयार पारिएको छ भने १ सय ४० को आइसोलेसन बेड रहेको छ।

मध्यपूर्व पृतना धनुषामा २ सय १ वटा क्वारेन्टाइन बेड र १ सय ३९ वटा आइसोलेसन, मध्य पृतना हेटौँडामा ३ सय ८५ क्वारेन्टाइन,१ सय ८७ बेडको आइसोलेसन बेड,उपत्यका पृतनामा राष्ट्रिय सेवा दलको भवन जग दल छाउनीको भवनमा टुँडिखेलमा गरी ५ सय क्वारेन्टाइन र ७० जनाको लागि आइसोलेशन बेड तयार पारेको छ।

त्यस्तै सेनाले पोखरामा ६९ क्वारेन्टाइन र ६४ आइसोलेशन बेड, मध्यपश्चिम पृतना बुटवलमा २ सय ४१ वटा क्वारेन्टाइन र १ सय २५ वटा आइसोलेशन बेड, उत्तर पश्चिम पृतना सुर्खेतमा २ सय ६० वटा क्वारेन्टाइन र ७७ वटा आइसोलेशन बेड र सुदूरपश्चिम पृतना दिपायलमा २ सय ६३ क्वारेन्टाइन र ५२ वटा आइसोलेशन बेड बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस