प्रहरीको २० हजार रिजर्भ फोर्स उच्च सावधानीमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरीको २० हजार रिजर्भ फोर्स उच्च सावधानीमा


११ चैत्र २०७६, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ । सरकारले कोरोना संक्रमण (कोभिड–१९) फैलिन नदिन लकडाउन गर्ने घोषणा गरेसँगै प्रहरी मुख्यालयले देशभर रहेको रिजर्भ फोर्सलाई उच्च सावधानी (हाई अलर्ट) मा रहन निर्देशन दिएको छ ।

उपत्यकालगायत देशभरका करिब तीन हजार प्रहरी युनिटमा कार्यरत २० हजार बढी रिजर्भ फोर्स तैनाथी अवस्थामा राखिएको मुख्यालय स्रोतले जनाएको छ ।

कोरोनाको संक्रमण फैलिएको अवस्थामा नियन्त्रणका लागि तत्काल परिचालन गर्ने गरी रिजर्भ फोर्सलाई हाई अलर्टमा रहन निर्देशन दिइएको ति अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस