पूर्व–अर्थसचिव खनालले एक महिनाको तलब कोरोना कोषलाई दिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्व–अर्थसचिव खनालले एक महिनाको तलब कोरोना कोषलाई दिने


१० चैत्र २०७६, सोमबार


काठमाडौं । पूर्व–अर्थसचिव रामेश्वर खनालले एक महिनाको पेन्सनबापतको रकम नेपाल सरकारको कोरोना कोषलाई दिने घोषणा गरेका छन्।

उनले चैत महिनामा आउने ४१ हजार ७ सय ३१ रुपैयाँ कोरोना कोषमा जम्मा गरिदिने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका हुन् । ‘सरकारी कोरोना कोषमा चैत महिनाको मेरो मासिक निवृत्तिभरण रु ४१,७३१ जम्मा गर्ने घोषणा गरेँ’ ट्वीटरमा लेखेका छन् ।

उनले आफूले सहयोग गरेको रकम रोजगारी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई प्रयोग गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

‘यसको प्रयोग रोजगारी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्यो’ उनले भनेका छन्।

आइतबार मात्रै मन्त्रिपरिषद्‌ले कोष खडा गर्ने र मन्त्रीको एक महिनाको तलब राख्‍ने घोषणा गरेको थियो। कोषमा सरकारले ५० करोड राख्‍ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस