तीन सय बालवालिका घर फर्काउँदै स्थानीय सरकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन सय बालवालिका घर फर्काउँदै स्थानीय सरकार


१० चैत्र २०७६, सोमबार


डोल्पा । डोल्पा जिल्लाको काईके गाँउपालिकाले तीनसय बालवालिका घर फर्काउन लागेको छ । गाँउपालिकाको करिब ३० लाख खर्चमा तीनसय बालबालिकाहरु घर परिवार सम्म गाँउ ल्याउने भएको हो ।

काईके गाँउ कार्यपालिकाको आपतकालिन बैठकले यहि चैत्र ९ गते डोल्पाको काईके गाँउपालिकाबाट काठमाडौँ, पोखरा, नेपालगञ्ज, सुर्खेत लगायत देशका विभिन्न शहरमा रहेका तीनसय बालवालिकाहरुलाई गाँउपालिकाको खर्चबाट गाँउ फर्काउन लागेको गाँउपालिका अध्यक्ष अंगदकुमार रानाले जानकारी दिए ।

रानाका अनुसार कोरोना भाइरसले विश्व आक्रान्त भएको बेलामा स्थानीयहरु आत्तिएपछि स्थानीय सरकारले आर्थिक सहयोग गरेर घर सम्म ल्याइदिन लागेको बताए ।
अध्ययन गर्न देशका विभिन्न शहरमा गएका बालवालिकाहरुको उद्धारमा स्थानीय सरकारले जुनसुकै मूल्य चुकाउन तयार रहेको भन्दै विद्यालय बन्द भएपछि अलपत्र जस्तै परेका नागरिकलाई भाइरसबाट बचाउन स्थानीय सरकारको जिम्मेवारी रहेको गाँउपालिका अध्यक्ष रानाले ठोकुवा गरे ।

जहाजमा गाडिमा जसरी भएपनि गाँउपालिकासम्म ल्याउन यात्राका क्रममा पर्ने असहजतालाई सहजता गराइदिन भन्दै गाँउ कार्यपालिकाले सबै निकायलाई पत्रचार गरेको प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले जानकारी दिईन ।

उनले भनिन्, ‘ठुलो सँख्यामा बालबालिकाहरुले यात्रा गर्नुपर्ने बाध्यता छ यसका यातायात ब्यवासायि प्रहरी प्रशासनले समेत सहयोग गर्नुहुनेछ बालबालिकाहरुलाई घरसम्म अभिभावकको जिम्मा लगाउन सबैको सहयोग हुने छ ।’

काईके गाँउपालिकाले तीस लाखबाट एक हजार माक्स, सोहि सँख्यामा सेनेटाइजर र साबुन खरिद गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिईन् ।
अधिकारिका अनुसार गाँउपालिकामा तत्कालका लागि आवश्यक पर्ने औषधिहरु डाक्टरहरुसँग परामर्श गरी खरिद गर्न लागिएको र केहि दिनमा गाउँगाउँमा पुगेर जनतलाई औषधि सहित माक्स, सेनेटाईजर र साबुन वितरण गरी कोरोनाबाट बच्न सचेत गराउने बताईन् ।

कोभिड–१९ कोरोना भाईरसले विश्व आक्रान्त भएको बेलामा नेपाल सरकारले गरेको सबै खाले निर्णयको स्वागत गर्दै स्थानीय सरकारको जिम्मेवारी समेत पूरा गर्न जनताको स्वास्थ्यमा कुनै पनि कसुर बाँकी नराख्ने अध्यक्ष रानाले दाबी गरे ।

गाँउकार्य पालिकाले स्वास्थ्य सँस्थाका सबै कर्मचारी सेवा क्षेत्रमा तैनाथ रहन निर्देशन दिएको र कार्यालय बन्द नगरिने तर काम भने अत्यावश्यक बाहेक अरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिईन् ।

डोल्पा चीनसँग सिमा जोडिएको जिल्ला भएको हुँदा निकै जोखिम छ । गाउँपालिकाले सचेतनाको लागि हरेक नागरिकले सहयोग गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस