जबर्जस्ती करणी उभियोगमा वडा सदस्य प्रहरी हिरासतमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जबर्जस्ती करणी उभियोगमा वडा सदस्य प्रहरी हिरासतमा


९ चैत्र २०७६, आइतबार


जबर्जस्ती करणी

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा परेका छन्।

जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।

सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस