अत्यावश्यक काममावाहेक सिंहदरवारभित्र प्रवेश निषेध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अत्यावश्यक काममावाहेक सिंहदरवारभित्र प्रवेश निषेध


७ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा अत्यावश्यक अवस्थामा बाहेकका व्यक्ति प्रवेशमा नियन्त्रण गरिने भएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण गरिरहेको सरकारले सिंहदरवार परिसरभित्र विभिन्न मन्त्रालय निकायमा काम गर्ने कर्मचारीको व्यवस्थापन गर्नेदेखि अत्यावश्यक अवस्थामा बाहेकका व्यक्तिको प्रवेशमा नियन्त्रण गर्ने भएको हो ।

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र काट्दै कर्मचारी र अत्यावश्यकीय कामका लागि आउने व्यक्तिलाई प्रवेशद्वारमा तापक्रम मापन गर्ने र स्यानिटाइज्ड गरी पठाउने व्यवस्था गर्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस