इन्डोनेसियामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु


प्रशासन संवाददाता

७ चैत्र २०७६, शुक्रबार


एजेन्सी । इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ ।

बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँच जना राजधानी जकार्ताका थिए भने एक व्यक्ति मध्य जाभाका थिए ।

कोरोना संक्रमितको मृत्युमा इटालीले चीनलाई उछिनेको छ । समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस